काठमाडौंको फोहोर: बञ्चरेडाँडा आन्दोलनमा सत्तारूढ दलका स्थानीय नेताको समर्थन

Thankot Times

थानकोट ।

सत्तारूढ गठबन्धनले काठमाडौंका सडकमा थुप्रिएको फोहोर उठाउन सरकारको ध्यानाकर्षण गरेकै दिन सत्तारूढ तीन दलका स्थानीय नेताले भने बञ्चरेडाँडाको आन्दोलनमा साथ दिने घोषणा गरेका छन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको धादिङ धुनिबेसी नगरपालिका- १ का अध्यक्षले पीडित जनताको आन्दोलनमा आफूहरूको साथ रहने भन्दै आइतबार संयुक्त विज्ञप्ति जारी गरेका हुन्।

विज्ञप्तिमा कांग्रेसका पूर्णसिंह तामाङ, माओवादी केन्द्रका विष्णु तामाङ र एकीकृत समाजवादीका भिषण धितालले हस्ताक्षर गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *