सरकारी कर्मचारीहरूको तलब १५ प्रतिशतले वृद्धि
थानकोट ।
बजेटमा घोषणा गरिएको भन्दाबढी तलब बढाउने प्रयास असफल भएको छ । मन्त्रिपरिषदको २६ साउनको बैठकले बजेट भाषणमा उल्लेख गरिए अनुसार १५ प्रतिशत मात्र तलब वृद्धि गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।