फोहोर बोकेको गाडीले बाख्रा मारेको भन्दै बन्चरेडाँडामा फोहोर फाल्न अवरोध

Thankot Times

थानकोट ।

काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा गएका गाडीहरु पुन: रोकिएका छन्। काठमाडौं महानगरपालिकाको वातावरण विभाग प्रमुख सीता राईका अनुसार आज विहान फोहोर बोकेर गाएको गाडीहरु पुन रोकिएका हुन्।

‘तिन ओटा पालिका भएर जानुपर्छ। हरेक पालिकामा एउटा एउटा समस्या आइपर्छ। तारकेश्वर नगरपालिका तिनपिपले भन्ने ठाउँमा फोहोर बोक्ने गाडीले बाख्रा मारिदिएको भन्दै स्थानीयले पुनः अनुरोध गरेका हुन्।’ उनले भनिन्।

यसअघि महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कुनै अवरोध नभए आजदेखि  दैनिक २५० देखि ३५० फोहोरका गाडी  बन्चरेडाँडामा पुग्ने बताएका थिए।

उनले सिसडोलको दुरावस्था बन्चरेडाँडामा दोहोरिन नदिने प्रतिबद्धता पनि जनाएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *