सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका पुरूषको उद्धार (तस्बिरहरू)

Thankot Times

थानकोट ।

काठमाडौंको सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका पुरूषको उद्धार भएको छ।

शनिबार दिउँसो साढे २ बजे सुन्दरीजल खोलामा चिप्लिएर खसेका एक पुरूषको प्रहरीले उद्धार गरेको जिल्‍ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

एक पुरूष चिप्लिएर खोलामा खस्दा बगाएको छ भन्ने खबर प्रहरीले पाएको थियो। सो खबर पाएपछि प्रहरि प्रभाग सुन्दरीजल र प्रहरी वृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षकसहितको टोली परिचालन भएको थियो।

सो टोलीले उनी जिवितै रहेको र खोला किनारमा रहेको ढुंगामा अड्किरहेको अवस्थामा फेला पारेका थिए।

‘जीवित फेला परेको खबर पाएपछि ती पुरूषलाई नआत्तिन भनेर प्रहरीले गएर उद्धार गरेको हो,’ प्रहरी उपरीक्षक मैनालीले भने। उनको अपराह्न सवा ५ बजे उद्धार गरिएको हो।

घटनास्थलमा स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाको टोली समेत खटिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *