चन्द्रागिरि नगरभित्रका नेवाः समुदायले आज गाईजात्रा पर्व मनाउँदै
थानकोट ।
आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा/सापारू’ चन्द्रागिरि नगरका नेवाः समुदायले आज मनाउँदै छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिथि अनुसार यस वर्ष एकै दिन दुई पर्व परेको मिति (शुक्रबार) सार्वजनिक गरे पनि काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका नेवार समुदायले छुट्टाछुट्टै दिनमा यी दुई पर्व मनाउने निर्णय गरेका थिए ।
सो अनुसार चन्द्रागिरि नगरका थानकोट, सतुंगल, बलम्बु लगायतका स्थानका नेवाः समुदायले शनिबार गाईजात्रा मनाउने निर्णय गरेका थिए ।