मच्छेगाउँ-विष्णुदेवी मन्दिर-रत्नपार्क रूटमा पनि सार्वजनिक यातायात सञ्चालन हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा थप अर्को रूटमा पनि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ ।
श्रावण २९ गते आइतबारबाट मत्य राजधानी यातायात चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँबाट टाैखेल-विष्णुदेवी मन्दिर- काठमाण्डाै शिक्षा क्याम्पस- बल्खु पुल हुँदै रत्नपार्कसम्म गुड्ने बताइएको छ। सार्वजनिक यातायात सञ्चालन भएसँगै यस क्षेत्रका स्थानीयहरूले राहत महशुस गर्ने सरोकारवालहरूले अपेक्षा गरेका छन् ।
यद्यपी केही स्थानीयहरूले यातायात सञ्चालन रूट प्रष्ट नभएको तथा सेवा प्रदायक संस्थाले दिगो रूपमा सेवा दिने विषयमा ढुक्क हुन नसकिएको सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।