चन्द्रागिरि केबलरकारको सन्ध्याकालीन अफर: ३९९ रुपैयाँमै केबलकारको दुईतर्फी टिकट
थानकोट ।
चन्द्रागिरि हिल्स प्रालिले ‘एनिभर्सरी इभिनिङ अफर’ ल्याएको छ । नेपाली ग्राकहरुलाई लक्षित गर्दै कम्पनीले यस्तो अफर ल्याएको हो ।
कम्पनीका यस अफर अनुसार बेलुका ५ बजेपछि केबलकारको टिकटमा ५० प्रतिशत छुट पाइनेछ । बेलुका ५ बजेदेखि ९ बजेसम्म केबलकार चढ्नका लागि अब ३९९ रुपैयाँमै दुईतर्फी टिकट पाइनेछ ।
हाल चन्द्रागिरि केबलकारको टिककटको मूल्य ७९९ रुपैयाँ छ । कम्पनीले सन्ध्याकालीन समयमा केबलकार चढ्न जाने यात्रुलाई ४०० रुपैयाँ छुट दिएको हो ।
साथै, ग्राकहले केबलकारको टिकट काट्दा १०० रुपैयाँको क्यास भौचर समेत पाउने छन् । कम्पनीका अनुसार यो अफर नेपाली नागरिकहरुका लागि मात्र लागू हुनेछ ।
यो अफर असोज ९ गते (सेप्टेम्बर २५ तारिख)सम्म लागू हुने कम्पनीले जनाएको छ । कम्पनीले यही साउन १ गतेदेखि साँझ ९ बजेसम्म केबलकार सेवा संचालन गर्न थालेको छ ।