काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा भारी वर्षा

Thankot Times

थानकाेट ।
मंगलवार राति काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । ललितपुरको खोकना क्षेत्र,  काठमाडौंको धाप, सुन्दरीजल लगायतको क्षेत्र र भक्तपुरको नगरकोट क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले  जनाएको छ ।
विभागले सो क्षेत्रमा भारी वर्षा मापन भएपछि बुधवार बिहानसम्म सतर्कता अपनाउन एसएमएस अलर्ट जारी गरेको थियो ।

पुण्यमती, हनुमन्ते, मनोहरा र बाग्मती नदीको बहाव बढेको भन्दै तटीय क्षेत्रमा बुधवार बिहानसम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *