असोज २३ मा उम्मेदवारी दर्ता

Thankot Times

थानकाेट ।
निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ।

सोमबार बसेको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो।

जसअनुसार असोज २३ मा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको समय दिइएको छ।
असोज ११ मै निर्वाचन अधिकृतहरू नियुक्त गरिने र असोज २१ भित्र निर्वाचन अधिकृत कार्यालय खोल्ने कार्यतालिका छ।

कात्तिक २७ मा मतपत्र ढुवानी गरिने र मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म निर्वाचन हुने आयोगको कार्यतालिका छ।

समानुपातिकतर्फ भने साउन ३० मा कार्यालय स्थापना हुनेछ। असोज २ र ३ गते दलहरूले उम्मेदवारको बन्द सूची पेश गर्नुपर्ने हुन्छ।निर्वाचन कार्यतालिका स्वीकृत भएको र यसै कार्यतालिकाअनुसार आयोगले काम सुरू गर्ने आयोगका एक आयुक्तले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *