चन्द्रागिरि आउँदा खसालेको आइफोन ट्याक्सी चालकले बुझाउँदा नविन दंग
थानकोट ।
सोमबार न्यूरोडबाट चन्द्रागिरि घुम्न आएका नबिन लामाले ट्याक्सीमा छुटाएको आइफोन ट्याक्सी चालकले ट्राफिक प्रहरीमार्फत सम्बन्धित धनीलाई बुझाएका छन् ।
बा १ ज ८७०९ नम्बरको ट्याक्सीका चालक बालकुमार चापागाईले आफ्नो सवारीमा लामाले खसालेको आइफोन काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बुझाएका थिए ।
तत्पश्चात ट्राफिक प्रहरीले लामालाई सम्पर्क गरी मोबाइल हस्तान्तरण गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।