काठमाडौंको न्युरोडबाट ३२ सहकारी भागे, सर्वसाधारणहरुको अर्बौँ निक्षेप गुम्योे

Thankot Times

थानकोट ।

काठमाडौंको मुख्य व्यापारिक थलो न्युरोडमा खुलेकामध्ये ३२ वटा सहकारी सर्वसाधारणलाई ठगी गरेर भागेका छन् । सहकारीहरुलाई नियमन गर्ने राज्यको चुस्त संयन्त्र नभएको मौका छोपी स्थापना भएका ठूलो संख्याका सहकारीका सञ्चालकहरु जनताले विश्वास गरेर सहकारीमा अर्बौँ बचत गरेपछि सो निक्षेप लिएर भाग्ने गरेका हुन् । पछिल्लो समय सहकारीका सञ्चालकहरु भाग्ने क्रम दिनानुदिन बढेको छ ।

कालोधन र हुन्डीको कारोबार हुने मुख्य व्यापारिक थलो न्युरोडमा मात्रै ठूलो संख्याका सहकारीहरु भागिसकेका छन् । न्युरोडका रहेको मानापाथी बचत तथा ऋण सहकारी, मनसुन बचत तथा ऋण सहकारी, समुन्नत बचत तथा ऋण सहकारी, स्वर्ण पथ बहुउद्देश्यीय सहकारी, न्युज डेभलपमेन्ट बचत तथा ऋण सहकारी, एलपीजी बचत तथा ऋण सहकारी, हलमार्क बचत तथा ऋण सहकारी, चाइना टाउन बचत तथा ऋण सहकारी, तीव्र बचत तथा ऋण सहकारी, सम्यम बचत तथा ऋण सहकारी, पानी टङ्की बचत तथा ऋण सहकारी, सोसाइटी बचत तथा ऋण सहकारी, बिजनेस बचत तथा ऋण सहकारी, सिर्कादेवी बचत तथा ऋण सहकारी, सूर्योदय ज्योति बचत तथा ऋण सहकारी, ओम् बटु बचत तथा ऋण सहकारी, अष्ट मंगल बचत तथा ऋण सहकारीका सञ्चालकहरु सर्वसाधारणहरुको अर्बौँ निक्षेप लिएर भागेका हुन् ।

त्यस्तै स्वतन्त्र शान्ति बचत तथा ऋण सहकारी, जनमत बचत तथा ऋण सहकारी, ल्होत्से बचत तथा ऋण सहकारी, उपासी बचत तथा ऋण सहकारी, ए टु जेड बचत तथा ऋण सहकारी, उन्नति बचत तथा ऋण सहकारी, मुस्किलमा सजिलो बचत तथा ऋण सहकारी, आनन्द नगर बचत तथा ऋण सहकारी, सुपर टप बचत तथा ऋण सहकारी, ढुकु पिकु बचत तथा ऋण सहकारी, जनजीविका बचत तथा ऋण सहकारी, अस्मोसिस बचत तथा ऋण सहकारी, महिला चालक मजदुर बचत तथा ऋण सहकारी, जिलेट बचत तथा ऋण सहकारी र किरणोदय बहुउद्देश्यीय सहकारी गरी ३२ वटा सहकारी यसरी भागेका हुन् । यो समाचार आर्थिक दैनिकमा प्रकाशित छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *