महंगी र भ्रष्ट्रचारविरूद्ध नेकपा एमालको हस्ताक्षर अभियान
थानकोट ।
देशमा महंगी र भष्ट्रचार बढेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालले हस्ताक्षर अभियान चलाउने भएको छ । महंगी र भष्ट्रचार बढेको भन्दै साउन १६ गते जनप्रदर्शन गरेको एमालले साउन २० देखी २२ गतेसम्म हस्ताक्षर अभियान सुरू गर्न लागेको बताइएको छ ।
यसैबीच नेकपा एमाले चन्द्रागिरि नगर कमिटिले महंगी र भ्रष्ट्रचार विरूद्ध सञ्चालन हुने हस्ताक्षर अभियानमा सहभागिता जनाउन सबै नगरबासीहरूमा अनुरोध गरेको छ । सो अभियान चन्द्रागिरि नगरका सबै १५ वटै वडामा हुने नेकपा एमाले चन्द्रागिरि नगर कमिटिले जानकारी दियो ।