नागपञ्चमीका दिन नागपोखरीबाट ६ लाख घुससहित समातिए पर्यटन मन्त्रालयका उपसचिव
थानकोट ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई मंगलबार घुससहित पक्राउ गरेको हो ।
उनलाई नक्सालको नागपोखरीस्थित आरन्य होटलको कम्पाउन्डबाट घुससहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। नेपालले घुस माग गरिरहेको भन्ने गोप्य सूचना अख्तियारले पाएको थियो।
उनले एक व्यापारीसँग पाराग्लाइडिङ सञ्चालन अनुमति पत्रको लागि घुस मागेको बताइएको छ ।