आजदेखि बिहान ११ बजेबाटै ई–पासपोर्टको लागि आवेदन दिन सकिने

Thankot Times

थानकोट ।

आजदेखि ई-पासपोर्टको अनलाइन आवेदन बिहान ११ बजेदेखि नै दिन सकिने भएको छ । राहदानी विभागले एक सूचना जारी गर्दै आजदेखि बिहान ११ बजेबाट आवेदन खुलाइने जानकारी गराएको हो ।

विभागले यसअघि साँझ साढे ४ बजेपछि मात्र आवेदन खुलाउँदै आएको थियो ।

हाल २ हजार ४ सय जनाको प्रि-इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा पनि बढाउने तयारी गरिएको छ ।

प्रि-इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानीका लागि विभागमा पुग्‍नुपर्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ