राजमार्गमा हुने दुर्घटना न्यूनिकरणका लागि झिगु पुचःको अन्तरकृया

Thankot Times

थानकोट ।

त्रिभुवन रापजथ अन्तर्गत थानकोट क्षेत्रको बजार व्यवस्थापन तथा सडकमा हुन सक्ने सम्भावित दुर्घटना न्युनिकरणका लागि शनिबार सरोकारवालाहरूबीच अन्तरकृया  आयोजना गरिएको छ ।

झिगु पुचः थानकोटले  प्रहरी वृत्त थानकोटसँगको सहकार्यमा आयोजना गरेको उक्त अन्तरकृया कार्यक्रममा प्रदेश सासंद् रमा आलेमगर, चन्द्रागिरि नगरपालिकाका प्रमुख तथा उपप्रमुख क्रमशः घनश्याम गिरी, बसन्ती श्रेष्ठ, प्रहरी वृत्त थानकोटका प्रमुख डिल्ली नारायण पाण्डे, चन्द्रागिरि ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गी लगायत अन्य जनप्रतिनिधिहरू तथा स्थानीयहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै वक्ताहरूले थानकोट क्षेत्रमा भइरहेको अव्यवस्थित पार्किङ, फुटपाथ अतिक्रमण गरि राखिएका व्यवसाय, छाडा चाैपाया, सडकको अवस्था आदीका बारेमा ध्यानाकर्षण गराएका थिए । यत्रतत्र फालिएका फोहोर, सडक बत्तीको अभाव, पैदलयात्रुहरूको व्यवहार लगायतका कारण बजार क्षेत्र दुर्घटनाको उच्च जोखिममा रहेका सम्बन्धमा वक्ताहरूले चिन्ता व्यक्त गरेका थिए ।

अन्तरकृया कार्यक्रममा नगर प्रमुख घनश्याम गिरीले नगरपालिकाले नगर क्षेत्र भित्रका मुल तथा सहायक सडकहरूमा सडक बत्तिको व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको  बताउनु हुँदै राजमार्ग तथा नगरका मुख्य मुख्य क्षेत्रको गतिविधि अनुगमन तथा निगरानीका लागि समयानुकुल प्रविधिको प्रयोग गर्ने तर्फ नगर सदैव तत्पर रहेको धारणा राख्नुभयो । राजमार्ग प्रयोगमा पैदल यात्रीहरूमा जनचेतनाको खाँचो औंल्याउनु हुँदै नगरप्रमुख गिरीले स्थानीय समुदायसँगको समन्वयमा नै नगरका बजार, व्यवसाय, सडक लगायतका क्षेत्रमा सुधार ल्याउन सकिने विचार व्यक्त गर्नुभयो ।

नगर सभाबाट सडक अतिक्रमण, जथाभावी पार्किङ, फोहोर मैला व्यवस्थापनमा हेलचेक्य्राइ गर्नेहरूका लागि जरिवाना तिराउने सम्मको कारबाहीको निर्णय भएको जानकारी दिनुहुँदै नगरउपप्रमुख बसन्ती श्रेष्ठले सुरक्षित समुदाय बनाउन सबैको सहयोग आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *