‘सुरूङ मार्गको पहुँच मार्ग निर्माण गर्दा थानकोटको परम्परागत सडक मासियो’- सांसद् केसी

Thankot Times

थानकोट ।

नागढुङ्गा सुरूङ मार्गको निर्माणका क्रममा परम्परागत सडक मार्ग मासिएको विषयले संसद् मा समेत प्रवेश पाएको छ ।

शुक्रबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्नु हुँदै काठमाण्डाै क्षेत्र नं. १० का सांसद् राजेन्द्र कुमार केसीले सुरूङ मार्गको निर्माण नेपालको गाैरवको विषय भएको बताउनु हुँदै सुरूङ मार्गको पहुँच मार्ग निर्माणका क्रममा थानकोटबाट टुटेपाखा पुग्ने परम्परागत सडक मार्ग मासिएकोप्रति संसद् को ध्यानाकर्षण गराउनुभएको हो ।

पहुँच मार्ग बनाउने क्रममा परम्परागत सडक अन्यत्र स्थानान्तरण गरिँदा स्थानीयहरूमा आवतजावतमा प्रत्यक्ष असर परेको हुँदा सो स्थानको सडक साबिककै रूपमा उपयोग गर्ने वातावरण निर्माणका लागि सांसद् केसीले अनुरोध गर्नुभयो ।

नागढुङ्गा सुरूङ मार्गको पहुँच मार्ग निर्माणका क्रममा थानकोटबाट टुटेपाखा लगायतका क्षेत्र जोड्ने परम्परागत सडक साबिकको स्थानबाट अन्यत्र स्थानान्तरण गरिएकोप्रति स्थानीयले असन्तुष्टि जनाउँदै आएका छन् ।

सांसद् केसीले सो क्षेत्रको केही दिनअघि स्थलगत निरीक्षण गर्नुभएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *