सतुंगलमा शाखा कार्यालय राख्न नबिल बैंकले खोज्यो भवन

Thankot Times

थानकोट ।

नीजि क्षेत्रद्वारा सञ्चालित नेपालको सबैभन्दा पुरानो बैंक नबिल बैंकले चन्द्रागिरि नगरपालिकामा दोश्रो शाखा विस्तार गर्ने भएको छ। गत बैशाख १६ गते चन्द्रागिरि-१ दहचोकमा शाखा स्थापना गरेको सो बैंकले यसपटक चन्द्रागिरि ११ सतुंगलमा शाखा विस्तारका लागि भवन भाडामा लिन सूचना जारी गरेको छ ।

गत बैशाख १६ गते  एकैदिन नबिल बैंकको देशभर १४ वटा शाखा खोलेको थियो । वि.सं २०४१ असार १२ गते स्थापना भएको सो बैंकले यस वर्ष १ सय ५४ शाखा पुर्‍याउने लक्ष्य राखेको छ । नविल बैंकले बुधबार देशका सात वटै प्रदेशका विभिन्न ३६ स्थानमा शाखा स्थापनाका लागि भवन भाडाका लागि सूचना प्रकाशित गरेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *