महँगीविरूद्ध थाल ठटाएर राप्रपाको विरोध

Thankot Times

थानकोट ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महँगीविरूद्ध आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

महँगीले नेपालीहरूको भान्सा महँगो भएर थेग्न नसक्ने अवस्थामा पुगेकोले विरोध गरिएको उक्त संगठनले जनाएको छ। महँगीविरूद्ध चुप लागेर नबस्न र जनता ब्युँझाउन प्रजातान्त्रिक महिला संगठनले थाल ठटाएर विरोध गरेका हुन्।

राप्रपाले पछिल्लो समय महँगी, भ्रष्टाचारविरूद्ध सडकमा आन्दोलन गर्दै आएको छ।

सांकेतिक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *