साफ यू-२० च्याम्पियनसिप: नेपालले आज श्रीलंकासँग खेल्ने

थानकोट ।
भारतमा जारी साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार भुवनेश्वरस्थित कालिंगा स्टेडियममा साँझ सवा ७ बजे सुरु हुनेछ ।
पहिलो खेलमा माल्दिभ्समाथि ४-० को स्पष्ट जित निकालेको नेपाल लगातार दोस्रो जितको खोजीमा छ । यो खेलमा नेपालले जित हात पारेमा फाइनल यात्रा सहज हुनेछ, श्रीलंका भने प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ ।श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजित भएको थियो ।
यस्तो छ अंक तालिकाः