सुशासन र आर्थिक विकास क्षेत्रमा चन्द्रागिरि नगरको खर्च न्यून

Thankot Times

थानकोट ।

आर्थिक वर्ष २०७७/७८ मा चन्द्रागिरि नगरपालिकाको सुशासन र आर्थिक विकास क्षेत्रमा विनियोजन गरिएको बजेटको खर्च नगन्य मात्रामा भएको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको चन्द्रागिरि नगरको गत वर्षको प्रतिवेदनअनुसार नगरपालिकाको क्षेत्रगत रूपमा विनियोजित बजेट अन्तर्गत आर्थिक विकास क्षेत्रमा २.२ प्रतिशत, सामाजिक विकास क्षेत्रमा ८.०१ प्रतिशत, पूर्वाधार विकास क्षेत्रमा ८७.०७ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ०.१७ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा  २.५५ प्रतिशत बजेट खर्च भएको छ ।

चन्द्रागिरि नगरपालिकाको आर्थिक विकास र सुुशासनको क्षेत्रमा विनियोजन गरिएको न्यून मात्रामा खर्च भएको पाइएपछि महालेखा परीक्षकको कार्यालयले सो क्षेत्रमा सुधार गर्न सुझाव समेत दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *