चन्द्रागिरिका मेयर पदका उम्मेदवारको पार्टीको वडाध्यक्ष पदमा देशभर शुन्य मत !
थानकोट ।
स्थानीय तह निर्वाचनमा समाजवादी केन्द्र नेपालले वडाध्यक्ष पदमा शून्य मत पाएको छ । गत ३० वैशाखमा सम्पन्न निर्वाचनमा सहभागी ६१ वटा राजनीतिक दलहरूमध्ये वडाध्यक्ष पदमा शून्य मत ल्याउने समाजवादी केन्द्र नेपाल एक मात्रै राजनीतिक दल हो ।
मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरेको विवरण अनुसार समाजवादी केन्द्रबाहेकका अरु दलले केही न केही मत पाएका छन् ।
निर्वाचन आयोगमा समाजवादी केन्द्र नेपाल युवराज सफलको नेतृत्वमा दर्ता भएको छ । सफल उक्त पार्टीका सर्वोच्च नेता हुन् । उनका अनुसार पार्टीले स्थानीय तह निर्वाचनमा काठमाडौं, सिन्धुली, रामेछापलगायत कुल १२ वटा जिल्लामा मनोनयन दर्ता गराएको थियो ।
‘हामीले १२ जटा जिल्लामा मनोनयन दर्ता गराएका थियौं । काठमाडौंमै पनि चन्द्रागिरी नगरपालिकामा मेयर र वडाध्यक्ष उठाएका थियौं’, उनले भने, ‘मेयरले करिब ५ सय मत प्राप्त गरेको सूचना आएको थियो । तर वडाध्यक्षले अरूलाई समर्थन गर्नु भएको हुनसक्छ ।’
चन्द्रागिरि नगरमा कैंची चुनाव चिन्ह पाएका समाजवादी केन्द्र नेपालका मेयर पदका उम्मेदवारले २८ मत पाएका थिए ।
चन्द्रागिरि नगरमा मेयर पदका १८ उम्मेदवारहरूको धराैटी जफत, कसले कति मत पाए ?