गाडी भाडा बढ्यो, चढ्यो कि २० रूपैयाँ
थानकोट ।
बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा बढेको छ । मन्त्रिस्तरीय निर्णयबाट बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले ११ प्रतिशतसम्म भाडा बढाएको हो ।
मन्त्रालयका अनुसार यात्रुवाहक सवारीमा ८.३९ प्रतिशत र मालवाहक सवारी साधनमा ११.९१ प्रतिशतले भाडादर समायोजन भएको छ ।
उपत्यका तथा बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा ५ किलोमिटरसम्मको दूरीमा २०, ५–१० किलोमिटरको दूरीमा २७, १०–१५ किलोमिटरमा ३२ रुपैयाँ तिर्नुपर्नेछ ।