घरजग्गा धितोमा पाइने कर्जामा कडाइ, यस्तो छ ०७९-८० को मौद्रिक नीति (पूर्णपाठ)

थानकोट ।
नेपाल राष्ट्र बैंकले घर जग्गा धितोमा कडाई गरेको छ ।
आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति जारी गर्दै नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह गर्दा धितोको सुरक्षा अनुपातलाई थप कसिलो बनाएको हो ।
नयाँ व्यवस्थाअनुसार अब काठमाडौं उपत्यका भित्र कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको अनुपात ३० प्रतिशत र उपत्यकाबाहिरको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि काठमाडौंमा ५० र उपत्यका बाहिर यसको अनुपात ६० थियो ।