सार्वजनिक जग्गा संरक्षण गर्न वडा कार्यालयमा निवेदन
थानकोट ।
सिजी हिल्सले सार्वजनिक जग्गा नीजि प्रयोजनका लागि प्रयोग भएको भन्दै ललितपुर महानगर १८ भैंसेपाटीका स्थानीयहरूले वडा कार्यालयमा स्थानीय निकायमा निवेदन बुझाएका छन् ।
स्थानीयहरूसँग कुनै छलफल नै नभइकन सो स्थानको सार्वजनिक जग्गा सिजी हिल्सलाई के कति कारण उपयोग गर्न दिइयो भन्ने सम्बन्धमा सूचना दिन अनुरोध समेत गरिएको छ ।
वडा कार्यालयमा सार्वजनिक जग्गा नीजि प्रयोजनका लागि उपलब्ध गराइएको सम्बन्धमा निवेदन परेपछि श्रावण ७ गते सम्बन्धित पक्षाहरूबीच छलफल आयोजना हुने बताइएको छ ।