चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा मनाइने जात्रा एवं पर्वहरूको सूचीकरण गर्ने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रभित्र मनाइने जात्रा एवं उत्सवहरूको सूचीकरण गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको नगरको कार्यपालिका बैठकले सो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत निरज पाैडेलले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।

नगर क्षेत्रभित्र मनाइने जात्रा तथा पर्वहरूको सूचीकरणका लागि सम्बन्धित वडा कार्यालयमा सात दिनभित्र निवदेन पेश गर्नु पर्ने बताइएको छ । चन्द्रागिरि नगरमा विभिन्न समुदायमा सदियाैंदेखि विभिन्न  जात्रा उत्सवहरू धुमधामका साथ मनाउँदै आएका छन् ।

तस्बिरहरू सामाजिक सञ्जालबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *