चन्द्रागिरि नगरमा श्रावण ४ देखि ६ गतेसम्म कोरोना भाइरस विरूद्धको खोप लगाइने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा श्रावण ४ देखि ६ गतेसम्म कोरोना भाइरस विरूद्धको पहिलो, दोश्रो तथा बुस्टर डोज लगाइने भएको छ ।

नगरपालिकाबाट जारी सूचनामा यसअघि स्वास्थ्य संस्था, गुम्बा, मन्दिर, इटा भट्टा लगायतका भीडभाड हुने स्थानमा कार्यरत कोरोना भाइरस विरूद्धको खोप लगाउन छुटेका व्यक्तिहरूका लागि खोप लगाउन अनुरोध गरिएको छ ।

साथै, दोश्रो तथा बुस्टर ठोज लगाउन बाँकी रहेका १८ वर्ष पूरा गरेका व्यक्तिले पायक पर्ने स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप सेवा लिन सकिने नगरपालिकाबाट जारी सूचनामा जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *