उपसभामुख पुष्पा भूसालले शपथ लिँदै
थानकोट ।
नवनिर्वाचित उपसभामुख पुष्पा भूसालको शपथ आज अपरान्ह ४ बजे हुने भएको छ । भूसाल शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा हुने कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले भूसाललाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।