नेपालले नामिबियाविरुद्ध पहिले बलिङ गर्दै, करण केसीको ठाउँमा पवन सर्राफ

Thankot Times

थानकोट ।

विश्वकप क्रिकेट लिग टू मा नेपालले शनिबार नामिबियाविरुद्ध पहिले बलिङ गरिरहेको छ ।

स्कटल्याण्डमा भइरहेको खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ रोजेको हो । शनिबारको खेलमा नेपाली टिममा एउटा परिवर्तन गरिएको छ ।

करण केसीको ठाउँमा पवन सर्राफ पहिलो रोजाइमा खेल्दैछन् । पवनले यसअघि गत मार्चमा कीर्तिपुर मैदानमा भएको पपुवा न्युगिनीविरुद्धको खेलमा खेलेका थिए ।

यसअघि लिग टू क्रिकेटको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो भने स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *