नेपाल र नामिबियाबीचको खेल दिउँसो पाैने ४ बजे

Thankot Times

थानकोट ।

नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा शनिबार नामिबियाको सामना गर्दै छ । लिग २ मा पाँचौं शृंखला खेलिरहेको नेपाल सोमबार नामिबियासँग ४० रनले पराजित भएको थियो भने बुधबार नेपालले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको थियो ।

समान ३६ खेल खेलेपछि लिग २ को शीर्ष ३ मा पर्ने टोलीले २०२३ को जुन–जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छ । शीर्ष ३ सँगै लिग २ को चौथो र पाँचौं स्थानमा रहने टोलीले अर्को चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्दै प्लेअफबाट विश्वकप छनोटमा पुग्न सक्नेछ ।

नेपाल १८ खेलमा १७ अंकसहित पाँचौं स्थानमा छ । नामिबिया १७ खेलमा १६ अंकसहित छैटौं स्थानमा रहेर नेपाललाई पछ्याइरहेको छ । नेपाललाई हराएपछि नामिबिया पाँचौं स्थानमा उक्लेको थियो । तर स्कटल्यान्डलाई अर्को खेलमा पराजित गर्दै नेपाल पुनः पाँचौं स्थानमा उक्लेको हो ।

नामिबियामाथि जित हात पारेमा नेपालले चौथो स्थानको अमेरिकासँगको दुरी छोट्याउने छ । ओमान सबै ३६ खेल खेलेर ४४ अंकका साथ शीर्षस्थानमा छ । स्कटल्यान्ड २३ खेलमा ३२, यूएई २२ खेलमा २६, अमेरिका २४ खेलमा २३ अंकका साथ क्रमशः दोस्रोदेखि चौथो स्थानमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *