पुष्पा भुसाल उपसभामुखमा निर्वाचित

Thankot Times

थानकोट ।

प्रतिनिधि सभाले झण्डै चार वर्षपछि उपसभामुख पाएको छ । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालको पक्षमा  १४८ मत परेपछि उनी उपसभामुखमा चयन भएकी हुन्।

उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । भुसालको विपक्षमा ९३ मत परेको थियो भने एक जना तटस्थ बसेका थिए ।

यसअघि २०७४ को चैतमा भएको उपसभामुखको निर्वाचनमा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग भुसाल पराजित भएकी थिइन्। तुम्बाहाङ्फेले २०१ मत प्राप्त गर्दा भुसालले ५८ मत मात्रै पाएकी थिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *