झण्डै चार वर्षदेखि रिक्त उपसभामुखको निर्वाचन असार ३१ गते
थानकोट ।
उपसभामुख चयनका लागि पर्सि ३१ गते निर्वाचन हुने भएको छ ।
प्रतिनिधिसभाको आज बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तय भएको छ । स्रोतका अनुसार पर्सि शुक्रबार निर्वाचन तोकिनेछ ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै चार वर्षदेखि रिक्त छ ।