धुनिबेँसी क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

Thankot Times

थानकोट ।

धादिङको धुनिबेँसी क्षेत्रमा भारी वर्षा भएको छ । पछिल्लो दुई घण्टामा धुनिबेँसी क्षेत्रमा भारी अतिभारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

धादिङको धुनिबेँसी, काठमाडौंको चन्द्रागिरि र आसपास भएर बहने साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।

साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम पनि हुनसक्ने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ