१२ को उत्तरपुस्तिका जाँचमा ‘मिलेमतो’, परीक्षकलाई विद्यालय सञ्चालकको फोन-‘यस्सो मिलाएर हेर्दिनु है’

Thankot Times

थानकोट ।

कक्षा १२ को उत्तरपुस्तिका राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र केही निजी विद्यालय सञ्चालकको मिलेमतोमा परीक्षण गरिएको आरोप लागेको छ । निर्देशिकाविपरीत भाषाविज्ञका रूपमा बोर्डमा कार्यरत करारका दुई कर्मचारीलाई मिलेमतोअनुसार परीक्षा केन्द्रमा खटाइएको स्रोतले जनाएको छ ।

परीक्षण केन्द्रमा पुगेर उत्तरपुस्तिका बुझेपछि मात्रै नियुक्तिपत्र दिने प्रचलनविपरीत यसपटक केही परीक्षकलाई पहिले नै नियुक्तिपत्र थमाइएको परीक्षा शाखाका एक कर्मचारीले बताए । ‘पहिले परीक्षकको नियुक्तिपत्रमा नाम खाली राखेर दिइन्थ्यो, कापी दिँदा छासमिस पारिन्थ्यो, परीक्षण केन्द्रमा पुगेर कापी बुझेपछि मात्रै नियुक्तिपत्रमा परीक्षकको नाम कायम हुन्थ्यो,’ एक कर्मचारीले भने, ‘यसपालि नियुक्तिपत्र बोकेर परीक्षण केन्द्र पुगेका परीक्षकले तोकिएको उत्तरपुस्तिका जाँच गरेका छन् ।’ कुन शिक्षकलाई कुन विद्यालयको उत्तरपुस्तिका परीक्षण गर्न दिने सम्बन्धमा योजना नै बनेको एक कर्मचारीले सुनाए । परीक्षा शाखामा कार्यरत शाखा अधिकृतलगायतका कर्मचारी हुँदाहुँदै बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्याल, परीक्षा नियन्त्रक कृष्ण शर्मा र सहनियन्त्रक कृष्ण घिमिरेले परीक्षण केन्द्रमा आफूनिकट करारका कर्मचारी खटाएको बोर्डका कर्मचारीहरूको भनाइ छ,  आजको कान्तिपुर दैनिकमा खबर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *