भदाै १४ गते टी-२० विश्वकपको ट्रफी नेपाल ल्याइने

थानकोट ।
विश्वकप ( टी–२०) क्रिकेटको ट्रफी पहिलो पटक नेपाल ल्याइने भएको छ । अक्टोबर १६ बाट अष्ट्रेलियामा सुरु हुने टी-२० विश्वकपको ट्रफी टुरको क्रममा काठमाडौं ल्याइने भएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)का अनुसार ट्रफी टुर आजबाट सुरु भएको छ ।
विश्वकप सुरु हुनुभन्दा १०० दिन अघिबाट ट्रफीलाई विश्वको विभिन्न शहरहरुमा पुर्याउने यात्रा सुरु भएको हो । जसलाई भदाै १४ गते ( ३० अगस्ट) मा काठमाडौं ल्याइने आइसीसीले जनाएको छ ।
ट्रफी नेपालको कुन कुन ठाउँमा पुर्याइने भन्ने बारे खुलाइएको छैन् । ट्रफी टुर विभिन्न १३ देशका ३५ शहरमा गरिनेछ ।
नेपालसहित, फिजी, फिनल्यान्ड, जर्मनी, घाना, इन्डोनेसिया, जापान, नामिबिया, सिंगापुर र भानुआतुमा पहिलो पटक टी–२० विश्वकपको ट्रफी पुग्न लागेको हो । यसअघि २०१९ मा भएको एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको थियो ।
सो ट्रफी ३० अगस्टका दिन अष्ट्रेलियाबाट सिधै काठमाण्डाै ल्याउने तालिका रहेको छ भने सेप्टेम्बर २ मा सिंगापुर लगिनेछ ।
यस्तो छ ट्रफि टूरको तालिका ।