आज काठमाडौंको बल्खुसहित तीन ठाउँमा प्रदर्शन, यी स्थानमा सडक डाइभर्सन गरिने

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौँमा प्रदर्शन गर्दैछ । 

विभिन्न स्थानबाट र्‍याली निकालेर बल्खुमा विरोध कार्यक्रम गर्नका लागि राप्रपाले प्रशासनबाट अनुमति समेत लिइसकेको छ ।

शिक्षक र सहकारी तथा लघुवित्त पीडितहरूले पनि प्रदर्शन गर्दैछन् । 

यसैबीच सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको छ । सोमबार एक सूचना जारी गर्दै प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरूबारे जानकारी गराएको छ । 

यी हुन् डाइभर्सन गरिने स्थानहरू

  • खसिबजार–मकालु–कलङ्की चोक–बाफल
  •  बल्खु चोक–कुलेश्वर–कालीमाटी चोक–टेकु
  •  कीर्तिपुर–सुन्दरीघाट–सानेपा–एकान्तकुना
  • आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाइन्टहरू
  •  त्रिपुरेश्वर, बालाजु, हलचोक, नैकाप, सीतापाइला,
  • चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर ।

कार्यक्रममा सहभागी हुन सवारी साधन लिएर आउने व्यक्तिहरूले पार्किङ गर्ने स्थानहरू :–

  •  टियू गेट देखी चोभार सडक
  •  सानेपा करिडोर सडक (दुबै तर्फ)
  •  चोभार सुख्खा बन्दरगाह
  •  नयाँ बसपार्क
  •  सीतापाइला – बाफल सडक खण्डमा एक लाइन

त्यस्तै नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बिचमा, सहकारी र लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्ने भएकाले उक्त स्थानमा पनि आवश्यकता अनुसार डाइभर्सन मिलाएको ट्राफिक प्रहरीले जनाएको छ । 

कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह समेत गरिएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *