वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन

थानकोट ।
वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसालको निधन भएको छ।
आइतबार काठमाडौंको एक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
रिसाल ९७ वर्षका थिए। रिसालले मृत्युपछि शरीर दान गरेकाले शव पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुझाइने उनका परिवारजनले बताएका छन् ।
९७ वर्षीय पाका पत्रकार रिसाल पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय थिए । राष्ट्रिय समाचार समितिमा लामो समय काम गरेका पत्रकार रिसाल राससमा अवकाशपछि वातावरण पत्रकारिता र रेडियो सगरमाथामा आवद्ध रहे ।
रेडियो सगरमाथाको स्थापनाकालदेखि संलग्न पत्रकार रिसालले लामो समयसम्म रेडियो कुराकानी स्तम्भमा आफ्नो विचार प्रस्तुत गर्थे भने उहिले बाजेका पालामा नामक कार्यक्रम चलाउथे ।
उनी रासससबाट प्रमुख संवाददाता भएर अवकाश भएका थिए ।
पत्रकार रिसालले आफ्नो देहावसानपछि शरिरलाई मेडिकल अध्ययन प्रयोजनका लागि दान दिने घोषणा गरेका थिए ।
उनी जयतु संस्कृतम आन्दोलनमा पनि सक्रिय थिए ।