मिस नेपाल अमेरिका प्रस्थान
थानकोट, फागुन २७ ।
७० औं मिस वर्ल्डमा भाग लिन मिस नेपाल नम्रता श्रेष्ठ अमेरिका प्रस्थान गर्नुभएको छ । श्रेष्ठ बिहीबार बेलुका अमेरिकाको पुएर्तो रिकोतर्फ प्रस्थान गर्नुभएको हो । उहाँलाई त्रिभुवन विमानस्थलमा ‘द हिडन ट्रेजर’ का अध्यक्ष दीवाकर राजकर्णिकार र निर्देशकद्वय प्रमोद कंशाकार र शरद श्रेष्ठले बिदाइ गर्नुभएको थियो ।
मिस नेपाल श्रेष्ठ चन्द्रागिरि १५ तीनथाना निवासी हुनुहुन्छ ।
कोरोना महामारीले यसअघि रोकिएको इभेन्टमा ४० जना प्रतिस्पर्धीले सहभागिता जनाउँदैछन्।
आगामी मार्च १६ र १७ मा हुने ब्यूटी विथ प्रपोजको प्रिजेन्टेसनमा नम्रताले भाग लिनुहुनेछ । उहाँ २० मार्चमा नेपाल फर्किने तालिका रहेको द हिडेन ट्रेरजरले जनाएको छ।
यसअघि नै सेमिफाइनल पुगेका र निर्णायकले छनोट गरेका २५ जनासहित ४० जनाले फाइनल राउन्डमा सहभागीता जनाउन पाउने द हिडन ट्रेजरका अध्यक्ष दीवाकर राजकर्णिकारले जानकारी दिनुभयो।
नम्रता यसअघि नै हेड टु हेड च्यालेन्जबाट अन्तिम ३० मा पुगिसक्नुभएको छ । कुल ९७ प्रतिस्पर्धीमध्येबाट ४० जनालाई फाइनलमा सहभागी गराउन लागिएको हो । अन्य सहभागिहरूलाई भने भर्चुअलरुपमा सहभागी गराइने भएको छ।