यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट, चन्द्रागिरिमा ५ परीक्षा केन्द्र

थानकोट ।
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु हुँदैछ ।
पहिलो दिन अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेबाट ११ बजेसम्म जारी रहनेछ ।
यस वर्ष एसइईमा पाँच लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागी हुँदैछन् ।
यसवर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन्, भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने जनाइएको छ ।
यस पटकको एसइईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरेको छ । परीक्षा नियन्त्रक पौडेलले काठमाडौँ र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिए ।
यस वर्षको एसइईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुने भएका छन् भने यहाँबाट चार जना एचआइभी सङ्क्रमित विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् ।
चन्द्रागिरि नगरमा एसइई-२०८१ का लागि पाँच परीक्षा केन्द्र तोकिएका छन् । जहाँ २२७९ परीक्षार्थीले परिक्षा दिँदा केही विद्यालयका परीक्षार्थीले चन्द्रागिरि नगर बाहिरका परीक्षा केन्द्रबाट परिक्षा दिनेछन् ।
चन्द्रागिरि नमुना वैकल्पिक विद्यालयका परीक्षार्थीले अमरज्योति मावि स्युचाटार केन्द्रबाट परीक्षा दिँदैछन् । यस्तै,विद्यामन्दिर मावि नैकाप र कंकाली मावि पुरानो नैकापका परीक्षार्थीले जनपथ मावि कलंकी परीक्षा केन्द्रबाट परीक्षा दिँदा बलम्बु माविका परीक्षार्थीले एलआरआइ स्कुल कलंकी परीक्षा केन्द्रबाट परीक्षा दिने बताइएको छ ।
यी हुन यसवर्षको एसइईका लागि चन्द्रागिरि नगरमा कायम परीक्षा केन्द्र