सञ्चारमाध्यमका लागि जनचेतनामूलक प्रचार सामाग्री उपलब्ध गराउँदै बागमती प्रदेश

थानकोट ।
बागमती प्रदेश अन्तर्गतको सञ्चार रजिष्ट्रारको कार्यालयले सञ्चार माध्यमहरूका लागि जनचेतनामूलक प्रचार सामाग्री उपलब्ध गराउने भएको छ।
कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै सो कार्यालय अन्तर्गत दर्ता भई सञ्चालनमा रहेका रेडियो, अनलाइन तथा टेलिभिजनहरूका लागि जनचेतनामूलक प्रचार सामाग्री उपलब्ध गराउन लागेको जनाएको हो ।
जनचेतनामूलक प्रचार सामग्री निर्माण, प्रसारण तथा वितरण कार्यविधि, २०८१ स्वीकृत भएको मिति २०८१/१२/०३ सम्म बागमती प्रदेश सरकारबाट इजाजत प्राप्त गरी नियमित प्रसारणमा गएका एफ एम रेडियो, केबलमा आधारित टेलिभिजन र अनलाइन सञ्चार माध्यमलाई १५ दिन भित्र आवेदन दिन सूचित गरिएको सञ्चार रजिष्ट्रार रेवती सापकोटाले थानकोट टाइम्सलाई जानकारी दिए ।
सूचना हेराैंः