वुमन्स डे कप खेल्न युगान्डा गएको नेपाली टोली स्वदेश फर्कँदै

Thankot Times

थानकोट ।

 वुमन्स डे कप टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न युगान्डा पुगेको नेपाली राष्ट्रिय महिला टोली आज स्वदेश फर्किँदै छ ।

प्रतियोगितामा नेपालसहित घरेलु टोली युगान्डा र नामिबियाले सहभागिता जनाएका थिए तर, चार राष्ट्रसम्मिलित प्रतियोगितामा नेपाल चौथो भएको थियो ।

नेपालले ६ मध्ये चार खेलमा हार बेहोर्दा एक खेल वर्षाका कारण रद्द भएको थियो । 

 सबै टोलीसँग २-२ खेल खेलेको नेपाल नामिबियासँग ६ विकेट र २३ रनले पराजित भएको थियो ।

युगान्डालाई पहिलो खेलमा एक विकेटले हराउँदा अर्को खेलमा नेपाल ४० रनले पराजित भएको थियो ।

हङकङसँग पहिलो खेलमा दुई रनको हार बेहोरेको नेपालले अर्को खेल भने वर्षाको कारण रद्द भएको थियो । 

तस्वीरः क्यान


Leave a Reply

Your email address will not be published. Required fields are marked *