नेपाली बजारमा सुनकाे मूल्य नयाँ बिन्दुमा

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ११ सयले बढेर एक लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ७४ हजार एक सयमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली बजारमा सुनकाे याे मूल्य हालसम्मकै सबैभन्दा धेरै हाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *