मंसिर २ वा ५ गते संघीय चुनाव गर्न प्रस्ताव गर्दै आयोग

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले मंसिर २ अथवा ५ गते संघीय/प्रदेश सभा निर्वाचन गर्न सरकारलाई प्रस्ताव गर्ने तयारी गरेको छ।

आयोग स्रोतका अनुसार मंसिर २ वा ५ मा एकैचरणमा निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गर्ने तयारीमा आयोग छ।

आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसबारे सुझाव दिने आयोगको तयारी थियो। तर प्रधानमन्त्री देउवा व्यस्त भएकोले आज आयोगका पदाधिकारी र प्रधानमन्त्रीबीच छलफल हुन सकेन।

आयोग स्रोतका अनुसार बुधबार प्रधानमन्त्री देउवासँग यसबारे कुराकानी हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ