शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना गर्ने विद्यालयलाई काठमाडौं महानगरले कारबाही गर्ने

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले विद्यालयले शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना नगर्न/नगराउन आग्रह गरेको छ ।

कतिपय विद्यालयले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना गरेको भन्ने जनगुनासो महानगर कार्यालयमा आएको भन्दै नियमावली विपरीत विद्यार्थी भर्ना नगराउन सचेत गराएको हो ।

विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ (६) मा शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना गर्न नपाइने भन्दै विद्यालयहरूलाई सचेत गराएको हो ।

महानगरले कसैले नियमावली विपरीत विद्यार्थी भर्ना गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *