सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा

थानकोट ।
नवनियुक्त राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले नेपालको सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसिया विरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि खेलाडीको छनौट गरेका छन् ।
सोमबार प्रशिक्षक रसले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
नेपालले मार्च २१ मा सिंगापुरमा सिंगापुरसँग खेल्नेछ, त्यसपछि मार्च २५ मा मलेसियासँग एएफसी एशियन कपको छनोट खेल खेल्नेछ ।
एक वर्षको कार्यकालका लागि नियुक्त भएपछि रसको यो पहिलो खेल हुनेछ ।
नेपाली राष्ट्रिय फुटबल टिम:
गोलकिपर: किरण चेम्जोङ, दीप कार्की र अन्जल श्रेष्ठ ।
डिफेन्डर: अनन्त तामाङ, बिमल पाण्डे, सनिश श्रेष्ठ, रन्दिप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु र सुमन श्रेष्ठ ।
मिडफिल्डर: रोहित चन्द, लकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, अरिक विष्ट, मनिष डाँगी र कृतिश रत्न छुन्जु ।
फरवार्ड: गिलेस्पी जंग कार्की, अन्जन विष्ट, सुवास ठकुरी बाम र रेजिन सुब्बा ।