धुनिवेशी नगरपालिकामा आज बिदा

थानकोट ।
धादिङको धुनिवेशी नगरपालिकाले आज सोमबार नगर क्षेत्रमा शोक बिदा दिएको छ ।
नगरको वडा नं. १ र २ मा कार्यरत वडा सचिव रमेश प्रसाद सापकोटाको निधन भएको शोकमा नगरपालिकाले आज सोमबार नगरक्षेत्रमा बिदा दिएको हो ।
सापकोटाको आइतबार निधन भएको थियो ।
नगरपालिकाबाट जारी सूचनामा जनाइए अनुसार आज नगर कार्यपालिका, वडा कार्यालयहरू एवं स्वासथ्य संस्थाहरूमा बन्द रहनेछन् । यद्यपी स्वास्थ्य संस्थामा आकस्मिक सेवा भने सुचारु रहनेछ ।