काठमाडाैं जिसस कप फुटबल प्रतियोगिताः तारकेश्वर र दक्षिणकालीको विजयी सुरुवात

Thankot Times

थानकोट । 

जिल्ला समन्वय समिति काठमाडौंको आयोजनामा शनिबारबाट सुरु भएको जिसस काठमाडाैं कप फुटबल प्रतियोगितामा तारकेश्वर नगरपालिका र दक्षिणकाली नगरपालिकाले विजयी सुरुवात गरेका छन् । 

प्रतियोगिताको उद्घाटन खेलमा भिडेका समुह ए का टोली नागार्जुनमाथि दक्षिणकाली १-० ले विजयी भयो । दोश्रो खेलमा समुह बी को तारकेश्वरले बुढानीलकण्ठमाथि १-० को जित दर्ता गर्यो । 

यसअघि नेपाली काँग्रेसका नेता ध्यानगोविन्द रञ्जित, जिल्ला खेलकुद विकास समिति काठमाडाैंका अध्यक्ष भाइकृष्ण बलामी लगायतले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा काठमाडाैंका विभिन्न ६ स्थानीय तहले भाग लिएका छन् । प्रतियोगिताको समुह ए मा दक्षिणकाली, नागार्जुन, कीर्तिपुर नगर रहेका छन भने समुह बी मा चन्द्रागिरि, बुढानीलकण्ठ र तारकेश्वर रहेका छन् ।

चन्द्रागिरि नगरले चैत्र ४ गते बिहान १० बजे बुढानीलकण्ठ नगरको सामना गर्नेछ । 

प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५ लाख, द्धितिय हुनेले २ लाख ५० हजार तथा ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने जिसस काठमाडाैंका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए । 

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ हात पार्दा प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोकलकर्तालाई जनही २५ हजार रुपैयाँ तथा ट्रफी दिइने बताइएको छ । 

काठमाडाैं जिसस कप फुटबल प्रतियोगिताः चन्द्रागिरिका खेलाडीलाई जर्सी हस्तान्तरण


Leave a Reply

Your email address will not be published. Required fields are marked *