काठमाडौंमा ट्रिपरले माेटरसाइकललाई ठक्कर दिँदा दुई जनाकाे ज्यान गयाे

Thankot Times

थानकोट ।

काठमाडौंमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

एक जना घाइते भएका छन् ।

रा १ ख २६२२ नम्बरको टिपरले प्र ३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा काभ्रेको पनौती नगरपालिका-११ का सुकराम तामाङ र बेथानचोक गाउँपालिका-६ का रमेश तामाङको मृत्यु भएको हो ।

टिपरले शनिबार बिहान साढे ४ बजे तीनकुनेको गैरीगाउँस्थित पेट्रोल पम्प अगाडिको सडकमा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट सुकराम र रमेश घाइते भएका थिए । उनीहरुलाई उद्धार गरी ट्रमा सेन्टरमा पुर्‍याइएको थियो ।

उपचारकै क्रममा बिहान उनीहरुको मृत्यु भएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

ठक्कर दिने टिपरका चालक फरार रहेका छन् ।

टिपरको मालिक भने सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

उता काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कागेश्वरी मनोहरा नगरपालिका–१, सानीटारी घर भएका अन्दाजी ३७ वर्षीय अनुज ढकाल रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

शुक्रबार साँझ साढे ७ बजे बिपी चोकस्थित सडकखण्डमा बा ५ ख ११६८ नम्बरको टिपरले बा १२ च २६९७ नम्बरको बोलेरो गाडीलाई टुचिन लगाएर गोकर्णतर्फ तानेर ल्याउँदै थियो ।

त्यसक्रममा बा ४८ प ३६४० नम्बरको मोटरसाइकल टिपरसँग ठोक्किएको काठमाडौं प्रहरीका एसपी अपिलराज बोहोराले बताए । उनका अनुसार, दुर्घटना भएलगत्तै उनलाई थप उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लगिएको थियो । यद्यपि, उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *