काठमाडाैं जिसस कप फुटबल प्रतियोगिताः चन्द्रागिरिका खेलाडीलाई जर्सी हस्तान्तरण

Thankot Times

थानकोट ।

काठमाडाैं जिल्ला समन्वय समिति कप फुटबल प्रतियोगितामा सहभागी हुने चन्द्रागिरि नगरपालिका फुटबल टोलीलाई जर्सी हस्तान्तरण गरिएको छ । 

प्रतियोगितामा सहभागी हुने चन्द्रागिरि नगरका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन समुहका सदस्यलाई शुक्रबार एक कार्यक्रमका बीच नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले सो जर्सी हस्तारण गरेका हुन् । सो क्रममा चन्द्रागिरि नगरपालिका सामाजिक विकास समिति संयोजक एवं वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुँइटेलको समेत उपस्थिति रहेको थियो । 

चन्द्रागिरि नगरका खेलाडीले सो प्रतियोगितामा निलो र रातो रङ्गको जर्सी लगाउनेछन् ।

जिल्ला समन्वय समिति काठमाडाैंको आयोजनामा भोलि चैत्र २ बाट सुरु हुने प्रतियोगितामा चन्द्रागिरि नगरपालिका, दक्षिणकाली नगरपालिका, तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका, बुढानीलकण्ठ नगरपालिका र कीर्तिपुर नगरपालिकाले सहभागिता जनाउँदैछन् ।चन्द्रागिरि नगरपालिका फुटबल टोलीको मुख्य प्रशिक्षकमा रमेश बुढाथोकी, सहायक प्रशिक्षकमा हिराकाजी महर्जन र अफिसियलमा समीरजंग कार्की रहेका छन् ।

खेलाडीहरूमा राजिव श्रेष्ठ, सुसान्त घिमिरे, अनलि गुरुङ, रोहित थापा, सिल्भा कान्दङ्वा, सबल महर्जन, विशाल गोपाली, सायस श्रेष्ठ, अभिमान सिंह बस्नेत, सक्सम शाही, रोहन बुढाथोकी, आयुष्मान श्रेष्ठ, रन्जन श्रेष्ठ, साहिल राना, साहिल अधिकारी, अविरल रिजाल, विश्वास परियार र विजय थापा रहेका छन् ।

प्रतियोगिता सहभागी टोलीहरूलाई दुई समुहमा विभाजन गरिएको छ । 

जसअनुसार समुह ए मा दक्षिणकाली, नागार्जुन, कीर्तिपुर नगर रहेका छन भने समुह बी मा चन्द्रागिरि, बुढानीलकण्ठ र तारकेश्वर रहेका छन् ।

गत बुधबार सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको पहिलो खेलमा चैत्र २ गते दिउँसो १ बजे नागार्जुन र दक्षिणकाली भिड्नेछन् । सोही दिनको ३ बजे तारकेश्वरले बुढानीलकण्ठको सामना गर्नेछ । चन्द्रागिरि नगरले भने चैत्र ४ गते बिहान १० बजे बुढानीलकण्ठ नगरको सामना गर्नेछ । 

प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५ लाख, द्धितिय हुनेले २ लाख ५० हजार तथा ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने जिसस काठमाडाैंका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए । 

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ हात पार्दा प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोकलकर्तालाई जनही २५ हजार रुपैयाँ तथा ट्रफी दिइने बताइएको छ । 

प्रतियोगिता हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालय हातामा रहेको फुटबल मैदानमा सञ्चालन हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *