भोलि शनिबार चन्द्रागिरि नगरका यी स्थानमा बिजुली सेवा अवरुद्ध हुने

Thankot Times

थानकोट ।

भोलि शनिबार (चैत्र २) चन्द्रागिरि नगरका विभिन्न स्थानमा बिजुली सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु उपवितरण केन्द्रको सतुङल फिडर अन्तर्गत पर्ने कन्चन गेट, बोसीगाँउ, बौथली, सतुङ्गल चोक लगायतका क्षेत्रमा बिजुली सेवा अवरुद्ध हुने भएको हो ।

बाैथली चोकमा रहेको हाइटेन्सन लाइनमा कन्डक्टर फेर्ने प्रयोजनका लागि बिहान ११ बजेबाट अपरान्ह ४ बजेसम्म बिजुली सेवा बन्द गर्न लागिएको प्राधिकरणबाट जारी सूचनामा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *