महिला टी-२० आई सिरिज: नेपाल र हङकङबीच खेल हुँदै

Thankot Times

थानकोट ।

युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपको उपाधि भिडन्तबाट बाहिरिएको नेपालले आज हङकङविरुद्ध खेल्दै छ ।

नेपाली समय अनुसार यो खेल अपराहन्न १२: ४५ बजेदेखि शुरु हुने छ ।

यस सिरिजमा नेपालले खेलेका ५ खेलमा एक जित र ४ हार बेहोरेको छ र फाइनलको दौडबाट बाहिरिएको छ ।

नेपालले यसअघि नामिबियासँग दुवैपटक तथा हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो ।

त्यस्तै, आयोजक युगाण्डालाई एक खेलमा पराजित गरेको थियो ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *